आदित्य प्रतिष्ठानलाई एक करोड दिने सरकारको निर्णय
काठमाडौं असार ३१ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आदित्य प्रतिष्ठानलाई १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यसैगरी बैठकले लगानी बोर्ड सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । यस्तै ऋण असुली न्यायाधीकरण सदस्यमा मानबहादुर अर्याल नियुक्त भएका छन् ।
बिहीबार मात्रै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकाल्दै ओली सरकार अल्पमतमा परेकोले काम चलाउन भएको र उक्त सरकारले दीर्घकालीन असर पुग्ने खालका कुनै पनि निर्णय नगर्न आग्रह गरेको थियो । उक्त आग्रहलाई वेवास्ता गर्दै सरकारले मन्त्रिपरिषद् बैठक मार्फत विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको हो
Nepal Government