News

‘धुर्मुस–सुन्तली’ फाउण्डेसनको सहयोग संकलन कार्य स्थगित

‘धुर्मुस–सुन्तली’ फाउण्डेसनको सहयोग संकलन कार्य स्थगित
असार – ३१ । चर्चित हाँस्य कलाकार धुर्मुस सुन्तलीद्वारा थालिएको ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनमा ४ करोड ७५ लाख जम्मा भएपछि संकलन कार्य स्थगित गरिएको छ । सिताराम कट्टेल र कुञ्जना घिमिरेले रु पाँच करोडको अनुमानसहित संकलन सुरु गरेका थिए । दशैँ अघि नै पीडितलाई एकीकृत आवस हस्तान्तरण गर्ने उक्त फाउन्डेसनको उद्देश्य छ । Durmush Suntaliवैशाख १२ र २२ गतेको महाभूकम्पको विद्यंशले पूरा देश नेपाल नै शून्य गरायो । देशको अमूल्य ठाउँ लगत्तै धेरै कुराको नाश भयो । कति घरवारविहिन भए । कतिका सिउँदोको सिन्दूर मेटिए । कति टुहुरा भए त कति अपांग र अचेत अवस्थामा छन् । त्यहि दुःखको घाउमा मह्लम लगाउन उठे नेपाली टेलिश्रंखलाका हाँस्य कलाकार धुर्मुस र सुन्तली । कुनै पनि काम गर्दा आफैँबाट सुर गर्नुपर्छ भनेजस्तै उनीहरुले राहतको सुरुवात राज्यमा भर नपरि स्वयम् आफैँबाट सुर गरे । पाँच करोडको अनुमानित लगातमा ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनले यो परियोजनाको सुरुवात गरेको थियो । हालै ख्रिनचौर एककृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैयाको सहयोग संकलन भएको छ । उक्त सहयोग देश तथा विदेशबाट संकलन भएको हो । अब ग्रिनचौर एककृत बस्तीका लागि मात्र रु २५ लाख आवश्यक छ । अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । त्यसैले, गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथा व्यक्तिहरुले संकलन गर्नुभएको रकम जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ । Dhurmush Suntali 2 फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारीत लक्ष्य हाँसील गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् । अब २५ लाख सहयोग जुटेपछि हालका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने उनले जानकारी दिइन् । परियोजना संचालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनको स्पष्टिकरण छ । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने कुरा पनि उनले जानकारी गराएकी छिन् । वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती निर्माण सुरु गरिएको थियो । बस्ती निर्माणका लागि देश तथा विदेशबाट थुप्रै सहयोगी हातहरुको साथ मिलेका कारण छोटो समयमै सो रकम जुटेकोप्रति फाउण्डेशनले खुशी एवं सबैमा धन्यवाद व्यक्त गरेको छ । अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको छ । खाने पानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण, मेलम्ची नगरपालिकासँगै हजारौँ सहयोगी मनहरुका कारण एकिकृत बस्ती निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको फाउण्डेशनको भनाई छ ।

Durmus Suntali Kunjan Ghimire Sitaram Kattel

विशेष