ताजा खबर News

ट्रकसँग बस ठाेकिदा एकको मृत्यु, १२ घाइते

ट्रकसँग बस ठाेकिदा एकको मृत्यु, १२ घाइते

bus hit truck

असार -  ३१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु–७ चोरमारा जङ्गलमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडाैँबाट प्युठानतर्फ जाँदै गरेको ना ५ ख ६२७४ नम्बरको बस राजमार्गमा रोकिराखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा ठक्कर खाँदा गुल्मी ख-याङ–९ का २८ वर्षीय भेषबहादुर बुचाको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा घाइते हुने बस धनी झपिन्द्र थापा, गुल्मी ६ छफिरे–३ की ईश्वरी काप्री, प्युठानका देवेन्द्र खत्री, कमल पाण्डे, अर्जुन भट्टराई, विशाल विक, विष्णु पौडेललाई चितवन पठाइएको छ भने अन्यको डन्डो मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध सडक दुई घन्टापछि सुचारु भएको थियो ।

Bus accident Nawalparashi

विशेष