News समाज

बोल्दैनन गोविन्द केसी, यस्तो छ स्थिति !

बोल्दैनन गोविन्द केसी, यस्तो छ स्थिति !
gobinda-kc-nepalaaja-teaching-hospital डाक्टर गोबिन्द केसी अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोगका मागसहित ४ बुदे माग राखेर यतीबेला ८ औँ अनशनमा छन् । २६ गते सुरु भएको उनको अनशनले एक हप्ता छोईसकेको छ । उनलाई भेट्नको लागि शुभचिन्तकको आउने जाने क्रम चलिरहेको छ । डाक्टर केसी आउने शुभचिन्तकलाई अभिवादन फर्काउछन् । तर, बोल्न भने सक्दैनन् । उनको सेवामा खटिएका सहयोगी विद्यार्थी अनिल कार्कीका अनुसार उनको स्वास्थ्य स्थिति दिनप्रति दिन बिग्रदै गएको छ । केसीको अनसन सुरु भएसगैं उनको पक्ष विपक्षमा तातो बहस चल्न थालेको छ । विभिन्न संघसस्था तथा विद्यार्थीहरुले उनको पक्षमा आवाज उठाइरहेका छन् । तर यस पटकको समय पहिलाको जस्तो छैन । विगतमा भएका सम्झौताहरु अझै पालना नभएको सत्य हो । तर यसपाली उनको माग सरकारको कानमा पुग्न नपाई सरकार परिवर्तनको बहस सिर्जना भएको छ । त्यसैले धेरैलाई उनको अनशन अब तोडिने शंका छ । तर डाक्टर केसीको निकटस्थ ब्यक्तिहरुका अनुसार उनी अनशन तोड्ने पक्षमा छैनन् । जुनसुकै हालतमा पनि उनी अनशन अगी बढाउने बताईरहेका छन् । केसीको सर्मथनमा बिबेकशिल नेपाली bibekshil-nepali-nepalaaja डाक्टर गोबिन्द केसीको अनशनबारे पक्ष र विपक्षमा विभिन्न तातो बहस भइरहेको छ । विभिन्न संघ संगठन र व्यक्तिहरुले सामाजिक सञ्जालमा ट्रेन्ड नै चलाएका छन । सामाजिक संजालमा गु्रप तथा पेज खोलेर डाक्टर गोबिन्द केसीको पक्ष तथा विपक्षमा बहस चलाईरहेका छन् । त्यस्तै नेपाली सामाजिक आन्दोलनमा लामो समयदेखि सक्रिय हुदै आएको विवेकशिल नेपालीले डाक्टर केसीको सर्मथनमा कार्यक्रम नै गर्ने भएको छ । साउन १ गते शनिबार विवेकशिल नेपालीले माईतीघर मण्डलामा सरकारलाई दवाब दिन कार्यक्रम नै गर्ने भएको छ । विवेकशिल नेपालीका अध्यक्ष्य उज्वल थापाले नेपाल आजसगं कुरा गर्दै विवेकशिल नेपालीले ३ करोड नेपाली जनताको हितमा भएको विषयलाई गम्भिर भएर विगतदेखि अहिलेसम्म सहयोग गरेको बताए । उनी भन्छन ‘३ करोड नेपालीको विषयलाई सरकार तथा सांसदले गम्भिर भएर नलागे यिनीहरुको औच्त्यि नै हुदैन । डाक्टर केसीको मागलाई सम्बोधन गर्नैपर्छ । अनशन स्थलमा जे देखियो भिडियो   https://youtu.be/VvK1nHN5ivo भिडियाेमा प्रयाेग भएकाे अडियाे डा गाेविन्द केसी अनशन सुरु गर्नुभन्दा अगाडि लिएकाे हाे ।

र याे पनि,

► मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

► पछिल्लो दुई बर्षमा हजारौं किशोरीले गराए गर्भपतन, यस्तो छ डरलाग्दो तथ्यांक

प्रस्तुति ः सागर बुढाथाेकी / भिडियाे तथा फाेटाेः अशाेक खड्का / नेपाल अाज   

Bibekshil nepali Dr Gobind KC Ujawal Thapa

विशेष