फ्रान्समा भएको आतङ्ककारी हमलाको विश्वव्यापी निन्दा

असार - ३१ । फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गरेका छन् । सो हमलामा परी ८४ जनाको ज्यान गएको छ । बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो । मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
[caption id="attachment_11945" align="alignleft" width="300"]
सो हत्याको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । यस घटनाको विरोधगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादले कहिल्यै पनि जित्न नसक्ने धारणा राखे। उनले मारिएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकाे जनाइएको छ ।
त्यस्तै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो घटनाको निन्दा गरे । उनले दोषीलाई कडा कारबाहीको माग पनि गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप एर्डाेग्यानले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले यसमा संलग्नलाई जतिसक्दो चाँडै पत्ता लगाएर कारबाही गर्न माग गरे । उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायत विश्वका नेताहरुले दुःख व्यक्त गरेकाे समाचारमा जनाइएको छ ।
महोत्सवमा रमाइरहेको स्थानमा एकजना बन्दुकधारीले ट्रक लगेर ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । उसको पहिचान अहिलेसम्म हुन सकिरहेको छैन । सो आतङ्ककारी हमलाको अनुसन्धान सुरु भएको छ । तर अहिलेसम्म केही नयाँ तथ्य भने पत्ता लाइसकेको छैन । एएफपी