अर्थ ताजा खबर News

निःशुल्क ग्यास सिलिन्डर साट्न कहाँ जाने

निःशुल्क ग्यास सिलिन्डर साट्न कहाँ जाने
असार – ३१ । कुनै कम्पनीको ग्यास सिलिन्डर साट्न नमिलेर यतीबेला धेरै मानिसहरु हैरान भएका छन । नाकाबन्दीका बेलामा लिएको ग्यास अहिले धेरैको घरमा थन्किएको छ । त्यस्ता ग्यास सिलिन्डरको लागी आइतबारदेखि उद्योगहरुले आफ्ना गोदामहरुमा सिलिन्डर साट्दैछन् । साउन २ गतेदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची तय भएको छ । विशेषगरी नाकाबन्दीका बेलमा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन । नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ । शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ । यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिईने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ । कुन उद्योगले कहाँ साट्दै छन् ? gas

Gas

विशेष