ताजा खबर News समाज

केटी काण्डमा परेपछि मन्त्री राईले अनलाइन निर्देशिकामा कडाइ गरेको खुलाशा

केटी काण्डमा परेपछि मन्त्री राईले अनलाइन निर्देशिकामा कडाइ गरेको खुलाशा
sherdhan-rai केही महिना यता संचारमन्त्री शेरधन राईका दिन तनावमै बिते । अहिले पनि उनी तनावमुक्त छैनन् । एक युवतीले न्याय नपाए आफूले सार्वजनिकरुपमै मुख खोल्ने भन्दै धम्कीपूर्ण मेसेज पठाउन थालेपछि राई धर्मसंकटमा परे । युवतीलाई नचिनेको अभिनय गर्न थाले । युवतीले आफूमाथि भएको व्यवहारका बारेमा प्रष्टिकरण नदिए राम्रो नहुंने भन्दै तारन्तार म्यासेज गरेपछि उनी झस्किए । त्यति नै बेला अनलाइन निर्देशिका बन्दै थियो । उनले आफूमाथि सबैभन्दा बढी जोखिम अनलाइनबाटै देखे । उनी निकट रही काम गरेका एक संचारकर्मीका अनुसार अनलाइनप्रति मन्त्री राईको बितृष्णा प्रष्टै देखिन्थ्यो । उनकै सम्मतिमा असत्य र व्यक्तिको चरित्र हत्या गर्ने समाचार प्रकाशित भए अनलाइन बन्द गर्नेसम्मको नियम राखेर निर्देशिका बन्यो । नेपालको संविधानले संचारमाध्यम बन्द गर्ने कल्पना गरेको छैन । दर्ता खारेज त संविधानतः हुंदै हुंदैन । माओवादीको मुखपत्र जनादेशको दर्ता युद्धकालमा त खारेज भएको थिएन । तर, मन्त्री राईले अनलाइन संचारमाध्यम बन्द गर्नेसम्मको व्यवस्था गर्न लगाए । अनलाइन निर्देशिकाका प्रावधान सार्वजनि भएसंगै मन्त्री राई र उनको टिम विवादमा प-यो । अहिले ति युवतीले मुख खोलेकी छिन् । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला भएको अवश्थामा समेत एउटी महिलामाथि मन्त्रीले हिंसा गरेको तर कुनै सुनुवाइ नभएको बताइरहेकी छिन् । मन्त्री निर्दोष छन् वा दोषी त्योपनि एकीन छैन । मन्त्री राईसंग नेपाल आजले सम्पर्क गर्न खोज्दा उनको सचिवालयले बोल्न अनिच्छुक भन्ने उत्तर पठाउने गरेको छ । सचिवालयको व्यक्ति भन्दै नेपाल आजमा यसअघि प्रकाशित युवतीको पत्र हटाइदिनका लागि निर्देशन दिने गरिएको छ ।

महिला कार्यकर्तालाई च्याप्प पारेपछि शेरधन राई विवादमा, युवतीले लेखिन् यस्तो पत्र

Sanchar Mantri Sher Dhan Rai

विशेष