News स्वास्थ्य

ग्रान्डीले शुरु गर्याे मृगौला पत्यारोप

ग्रान्डीले शुरु गर्याे मृगौला पत्यारोप

असार – ३१ । ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले मृगौला पत्यारोप शल्यक्रिया शुरु भएको छ । काठमाण्डौ धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुभवी डाक्टरहरुको टिमले असार २७ गतेदेखि मृगौला प्रत्यारोपण शल्यकृया शुरु गरेको अस्पातले जनाएको छ ।

ग्रान्डी अस्पतालमा पहिलोपटक काठमाडौं गोकर्णेश्वर नगरपालिकाका रबिन लामाको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै बहिनी उमा लामाले मृगौला दान गरेकी थिइन् । मृगौला प्रत्यारोपण शल्यकृयाको नेतृत्व प्रा. डा. प्रेमरमज ज्ञवालीले गरेका थिए भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गरेकी थिइन् ।

मृगौला प्रत्यारोपणको टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल,डा. सुरेन्द्र बिक्रम अधिकारी, डा.उपेन्द्र जोशीको सकृय सहभागिता थियो । त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारी राज उप्रेतीले गरेका थिए भने उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको संलग्नता थियो । मृगौला प्रत्यारोपण गर्न जम्मा ३ घण्टा ३३ मिनेट समय लागेको थियो । काठमाडौंका निजी अस्पतालमा मृगौला प्रत्यारोपण शल्यकृया शुरु गर्ने ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल हा । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको अत्याधुनिक अप्रेशन थिएटर र विश्वस्तरका उपकरणहरुको सहयोगमा यस किसिमका विशिष्ट शल्यकृयाहरु सम्भव हुने गरेको दाबी अस्पतालले गरेको छ ।

Grandee Hospital Kidney Operation

विशेष