ताजा खबर News

प्लटर लामाले प्रहरीसमक्ष आत्मसमर्पण, दुई वर्ष कैद गर्न छानबिन टाेलीकाे सुझाव

प्लटर लामाले प्रहरीसमक्ष आत्मसमर्पण, दुई वर्ष कैद गर्न छानबिन टाेलीकाे सुझाव
karma-pushpanjali-school असार –३१ । ललितपुरको टौखेलस्थित एक निजी स्कुलमा दुई विद्यार्थीको ज्यान जाने गरी भएको घटनामा जग्गा प्लटर र विद्यालय व्यवस्थापनको गम्भीर लापरवाही रहेको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको छ । प्लटर कर्मा लामाले भने प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पहिला अस्पताल भर्ना भएर उनले प्रहरीलाई खबर गरेका प्रहरीले बताएकाे छ  । घटनाको छानबिन गर्न गृहका सहसचिव कृष्ण राउतको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन भएको थियो । गृह मन्त्रालयमा बुझाइएको छानबिन प्रतिवेदनले जग्गा प्लटर कर्मा लामालाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको ६ (२) आकर्षित हुने सुझाव दिएको छ । यस अनुसार कसैको लापरवाही वा बेवास्ताले निर्दोषको ज्यान गएमा पाँचसय जरिवाना, बढीमा दुई वर्षसम्म जेल सजाय वा दुवै हुनसक्ने उल्लेख छ । छानबिन टोलीले ऐन, नियम र संहिता स्कुल व्यवस्थापन र जग्गा प्लटरले उल्लंघन गर्दा घटना हुनपुगेको निष्कर्ष निकालेको हो । स्वीकृति नलिई जग्गा प्लटिङ गरेको, प्लटिङको पर्खाल लगाउँदा छोड्नुपर्ने ठाउँ नछोडेको र च्यापेर पर्खाल लगाउँदा दुःखद घटना हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै समितिले घटनामा पुष्पाञ्जली स्कुलको पनि उत्तिकै लापरवाही रहेको आैंल्याएको छ । स्कुलको पर्खाल लगाउँदा तीन मिटर छोड्नुपर्नेमा एक मिटरमात्र छोडेको पाइएको छ । समितिको प्रतिवेदन कार्यान्वयन भए लामामाथि जेल सजायसम्मको कारवाही हुने छानबिन टोलीका एक सदस्यले बताए । सरकारी निकाय र नगरविकास एवं नगरपालिकाको अनुमतिविना जग्गा प्लटिङ प्रमाणित भएको छ । छानबिन टोलीले मृतक र घाइते विद्यार्थीका परिवारलाई लामाले क्षतिपूर्ति तिर्नुपर्ने सुझाव दिएको छ । घाइते विद्यार्थीको उपचार खर्च पनि लामाबाटै भराउन समितिको सुझाव छ । गत असार १७ गते अविरल वर्षापछि जग्गा प्लटरले लगाएको पर्खालले किचेर पुष्पाञ्जली माध्यमिक विद्यालयका दुई निर्दोष विद्यार्थीको ज्यान गएको थियो भने २२ घाइते भएका थिए ।

र याे पनि 

पुष्पाञ्जली विद्यालय साउन २ सम्मलार्इ बन्द, दाेषी अझै पक्राउ परेनन् 

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

Karma lama puspanjali school

विशेष