ताजा खबर News समाज स्वास्थ्य

मनमोहन अस्पतालद्वारा आन्दोलनको घोषण

मनमोहन अस्पतालद्वारा आन्दोलनको घोषण
असार – ३१ । मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । timthumb शुक्रबार नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा आयोजित विशेष भेलाले विभिन्न मागहरु राखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा विभिन्न दलका अध्यक्षहरुलाई आजै ज्ञापनपत्र बुझाउने, विभिन्न पार्टीका सदस्यहरुसँग साउन १ गते अन्तर्क्रिया गर्ने, २ गते त्रिवि शिक्षण अस्पताल परिसरमा धर्ना तथा जुलुस लगातार तीन दिनसम्म गर्ने, निजी मेडिकल कलेज संगठनको आयोजनामा यही ४ गते हुने विरोध कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, आगामी सात दिनभित्र आफ्ना मागहरु पूरा नगरे ७ गतेबाट डा. विजय पौडेलको नेतृत्वमा आमरण अनशन बस्ने लगायतका छन् । कार्यक्रममा पूर्वअर्थमन्त्री तथा संस्थाका संरक्षक भरतमोहन अधिकारीले यो आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै आगामी दिनमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘सरकारले मनमोहनलाई मनशाय पत्र दिएर लगानी दिन लगाउने अनि अहिले आएर अन्तिम स्विकृति नदिने भन्ने कुरा हुन्छ, २४३४ जना सेयरधनीहरुको लगानी खेर जान्छ, त्यसैले तत्काल सरकारले स्विकृति दिनुपर्छ ।’ अधिकारीले यो आन्दोलनलाई सबै नेपाली जनताको साझा मुद्दा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले शैक्षिक क्षेत्र र अर्थतन्त्रको सुदृढिकरण तथा संविधानको मुल भानवनाको रक्षाका लागि आफूहरुले सैद्धान्तिक मागहरु अघि बढाएको दाबी गरे । उनले नेकोले अघि सारेका ५ बुँदे मागहरु सार्वजनिक गरेका थिए । कार्यक्रममा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाँई, संस्थाका उपाध्यक्ष एवम् सांसद डा. वंशिधर मिश्र, उपाध्यक्ष जीवन शर्मा र बरिष्ठ चिकित्सक रामकुमार अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।

Manmohan Hospital teaching hospital

विशेष