ताजा खबर News

ओली नेतृत्व सरकारले धमाधम नियुक्ति र बढुवा

ओली नेतृत्व सरकारले धमाधम नियुक्ति र बढुवा
साउन – १ । व्यवस्थापिका संसद्का प्रमुख दुई दलको आग्रहविपरित केपी शर्मा ओली नेतृत्वको सरकारले महत्पूर्ण नियुक्ति र निर्णय गरेको छ । kp-oli मन्त्रीपरिषद्को शुक्रबारको बैठकले आधा दर्जन स्थानमा नियुक्ति र दुई जनालाई सचिवमा वढुवा गरेको हो । सरकारले ऋण असुली न्याधिकारण सदस्यमा मानबहादुर अर्याल, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द पोखरेल, लगानी बोर्ड सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्ति गरेको छ । त्यस्तै, न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई वढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेमा पदस्थापना गर्ने निर्णय गरेको छ । लामो समयदेखि रित्त पदमा बहुमतीय सरकार रहँदा नै निर्णय गर्नुपर्नेमा अल्पमतमा परेपछि निर्णय गर्नुका पछाडि विभिन्न स्वार्थ लुकेको प्रधानमन्त्री कार्यालयका उच्चपदस्थ कर्मचारी बताउँछन् । आजको नागरिक

KP Sharma Oli

विशेष