ह्विप उल्लंघन गर्दै कांग्रेस सांसद धमाधम विदेश सयरमा
साउन - १ । पार्टीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजधानी बाहिर नजान ह्विप जारी गरेको बेला कांग्रेसका डेढ दर्जन सांसद सयरमा निस्किएका छन् ।
कांग्रेस संसदीय दलले गत असार १३ गते नै ह्विप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढीपहिरो प्रभावित जनताको समस्यालगायत महत्वपूर्ण विषयमा छलफल चलिरहेको भन्दै असार १४ गते बस्ने संसद् बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो तर त्यसको उल्लघंन गर्दै ती सांसदहरु कुनै महत्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएका छन् । सांसदहरु पार्टीसँग परामर्श नगरी ह्विप उल्लंघन गर्दै विदेश गएपछि शुक्रबार मुख्य सचेतक चीनकाजी श्रेष्ठ साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्केन अर्काे ह्विप जारी गरेका छन् ।
डेढ दर्जन सांसद अधिल्लो सातामात्रै विदेश गएका छन् भने पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकै भोलिपल्ट तीन सांसद घनराज गुरुङ, सीता गुरुङ र राजु थापा हङकङ र मकाउ भ्रमणमा निस्किएका छन् । उनीहरु नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापाको निमान्त्रणमा त्यहाँ पुगेका हुन् । थापा मानव बेचविखनको आरोपमा मस्त वान्टेड सूचिमा रहेका व्यक्ति हुन् । आजको अन्नपूर्णपोष्ट
Congress
Congress Samsad