अर्थ ताजा खबर News

अन्तिम साता अन्धाधुन्ध खर्च गर्दै सरकार

अन्तिम साता अन्धाधुन्ध खर्च गर्दै सरकार
money-1000x0साउन – १ चालु आर्थिक बर्षको सुरुदेखि नै पुँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले चालु आर्थिक वर्षको ३ सय ५७ दिन मा ७५ अर्ब ३९ करोड रुपैया मा खर्च गरेको सरकारले पछिल्लो आठ दिनयता ३४ अर्ब ४६ करोड रुपैया सकेको हो । सरकारले चालु बजेटलाई बजेट कार्यन्वयन बर्ष घोषण गरे पनि औसतमा २१ करोड रुपैया मात्र पुजीगत बजेट खर्च गरेको थियो । सातायता सरकारको खर्च औसत दैनिक ४ अर्ब ३३ करोड रुपैया हुन्थ्यो । बजेट खर्च गर्न नसकेर आलोचित सरकारले यसबाट बच्न पछिल्लो अबिधिमा अन्धाधुन्ध खर्च गरेको हो । अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुने बिगतको परम्परा भएपनि यती ठुलो फरक हुने नगरेको सरकारी अधिकारीहरु बताउछन । महालेखाका अनुसार असार २३ गतेसम्मकै पहिलेका तुलनामा खर्च भएकामा त्यसपछि एक्कासी बढेको छ । असार २३ मा ६७ करोड विकास बजेट खर्च भएकामा २४ मा एक्कासी ४ अर्ब १८ करोड खर्च गरिएको छ । यस्तै असारका अन्तिम ३ दिनमा क्रमश ४ अर्ब ५५ करोड, ६ अर्ब ९१ करोड र ७ अर्ब रुपैया खर्च गरिएको छ । आजको नागरिक

Nepal Sharkar Sarkar

विशेष