
साउन - १ । बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ ।
बजार नजिकै रहेको बाउली खोलामा आएको बाढीले सात वटा पसल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने “बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य छ जनाको पसल बगाएको छ ।”
बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ । अझै १५ पसल बाढीको उच्च जोखिममा रहेका प्रहरी नायब उपरीक्षक चन्दले उल्लेख गरे।
तीस वटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुङ्गे पुल बगाउँदा सदरमुकाम गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
शुक्रबार बिहानदेखि परेको पानीका कारण बेलुकी आएको बाढी बजार क्षेत्रमा पसेको थियो । रासस
badhi
Bajhana