ताजा खबर News

झोला बुनेर आम्दानी

झोला बुनेर आम्दानी
असार - ३१ । कास्कीको पर्यटकीय गाउँ भदौरेका महिलाले झोला बुनेर आम्दानी गरिरहेका छन् । jholaपछिल्लो समयमा आय आर्जनका विभिन्न विकल्प बढ्दै गएका अवस्थामा स्थानीयवासीले झोलाबाटै आय आर्जन गर्ने गरेका छन् । अप्रेसन ब्लेसिङको आर्थिक सहयोग तथा चेतना महिला सीप विकास परियोजनाको समन्वयमा महिलालाई झोला बुन्ने तालिम प्रदान गरेको हो । झोला बुन्ने तालिम लिएकी ५२ वर्षीया विष्णुमाया गुरुङले तालिमसँगै व्यवसायलाई निरन्तरता दिने सोच बनाएकी छन् । “विदेशीले हातले बुनेका झोला र अन्य सामग्री रुचाउने गरेका छन्,” उनले भनिन् । पञ्चासेको चिनोका रुपमा यस्ता सामग्री पर्यटकले लैजाने गरेका छन् । बजारबाट धागो खरिद गरेर झोला बुन्दै अाएकी आइतश्री गुरुङ दैनिक दुई वटा झोला बुन्ने गरेको बताउँछिन् । “प्रतिझोला रु ५०० मा बिक्री हुन्छ,” उनले भनिन् – “खर्च कटाएर दैनिक रु ६०० नाफा हुन्छ । “गाउँका अन्य महिलाले पनि यस्तो तालिम लिने चाहना गरिरहेका छन् । चेतना महिला सीप विकास परियोजना पोखरा–६ की कोषाध्यक्ष तारा तिमिल्सेनाले हस्तकलाका सामग्री बिक्री गर्ने जिम्मा आफूले लिएको बताइन् ।

Jhola

विशेष