विदेश

टर्कीमा सैन्यद्वारा सत्ता कब्जा, संसद र विमानस्थल सेनाको नियन्त्रणमा

टर्कीमा सैन्यद्वारा सत्ता कब्जा, संसद र विमानस्थल सेनाको नियन्त्रणमा
[caption id="attachment_12027" align="alignnone" width="1500"]Tanks move into position as Turkish people attempt to stop them, in Ankara, Turkey, early Saturday, July 16, 2016. Turkey's armed forces said it "fully seized control" of the country Friday and its president responded by calling on Turks to take to the streets in a show of support for the government. A loud explosion was heard in the capital, Ankara, fighter jets buzzed overhead, gunfire erupted outside military headquarters and vehicles blocked two major bridges in Istanbul. (AP Photo) AP Photo[/caption] साउन -१ । टर्कीमा सैनिकले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ । turkey शुक्रबार रातिदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरिएको थियो । सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको हो । turkey 1 एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको जानकारी दिएका थिए । उनीहरुले छिटै नयाँ संविधान जारी हुने बताएका छन् । साथै, टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरेको थियो । तर, सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन् । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले बिद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई बिफल बनाउन लागिएको दावी गरेका छन् । टर्की राष्ट्रपतिले आफू स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सवै कुरा नियन्त्रणमा लिने बताए । उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरेका छन् ।

Turkey

विशेष