ताजा खबर News समाज

योगेश भट्टराईले खोलिदिए धेरैलाई थाहा नभएको तथ्य, प्रचण्डको नेतृत्वमा हुँदै गरेको एमाले-माओवादी एकीकरण किन भत्कियो ?

योगेश भट्टराईले खोलिदिए धेरैलाई थाहा नभएको तथ्य, प्रचण्डको नेतृत्वमा हुँदै गरेको एमाले-माओवादी एकीकरण किन भत्कियो ?
yogesh-bhattarai-1-1-300x316साउन - १ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्डका नेतृत्वमा एमाले माओवादी एकीकरण गर्ने योजनाको खुलाशा गरेका छन् । भट्टराईले एमाले र माओवादीका बीचमा बनेको समिकरण कार्यगत एकतासहित पार्टी एकीकरणसम्मको योजनामा आधारित रहेको उनले स्पष्ट गरेका छन् । पार्टी एकीकरणसम्मको योजनाका साथ अघि बढेका समीकरण भत्किनुलाई उनले अस्वभाविक भनेका छन् । स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने र प्रदेश तथा संघीय निर्वाचनमा सहकार्य गर्दै पार्टी एकता गर्ने योजना बनेको उनले खुलाशा गरेका हुन् । पार्टी एकता गर्दा प्रचण्डकै अध्यक्षतामा गर्नसमेत आफुहरु तयार भइसकेको तर प्रचण्डको अस्थिरताका कारण कुरा बिग्रिएको उनको भनाइ छ । बामपन्थीहरुको बहुमत भएपनि मत विभाजित भएका कारण देश अस्थिरतामा फसेको बताउंदै उनले स्थिरताका लागि सबै बाम एकै ठाऊं आउन जरुरी रहेको उनको भनाइ छ । विपरित कित्तामा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहकार्य थालेपछि पार्टी एकीकरणका लागि बातावरण बनेको उनको भनाइ थियो । ओलीले समेट्न नसक्दा र प्रचण्डले धैर्य गर्न नसक्दा पार्टी एकीकरणसम्मको योजना तुहिएको भन्दै उनले दुःख ब्यक्त गरेका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै भट्टराईले भने, यसमा ओली र प्रचण्ड दुबै दोषी छन् । तर, छोडेर हिड्ने प्रचण्डको दोष बढी हुन्छ । उहां फर्केर आए पार्टी प्रधानमन्त्रीदेखि एकीकृत पार्टीको अध्यक्ष दुबैका लागि हामी सहमत छौं । बल प्रचण्डको कोर्टमा प्रचण्डले ओलीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेका कारण स्थिति असहज भएको उनको भनाइ छ । प्रचण्डकै नेतृत्वमा एमालेसहितको सहमतिको सरकार बन्न सक्ने स्थिति रहेको बताएका भट्टराईले प्रचण्डलाई संवाद थाल्न आग्रह गरेका छन् । संसदमा प्रस्तावित अविश्वासको प्रस्ताव पनि फिर्ता लिने र प्रचण्डकै नेतृत्वमा सहमतिय सरकार बनाउने बातावरण बनाउन सकिने उनको भनाइ छ । सोका लागि प्रचण्डको कदम निर्णायक हुने भट्टराई बताउंछन् । एक अर्को प्रसंगमा भट्टराईले पार्टी अध्यक्ष ओलीलगायतको शीर्ष तहले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा छाडेर गल्ती गरेको स्पष्ट गरेका छन् । पार्टीले एजेण्डा छोडेर जनताको मन भाँचेको उनको स्विकारोक्ति छ ।

CPN UMLE Yogesh Bhattari

विशेष