मोटरसाइकल वा स्कुटर हराएमा के गर्ने ?
साउन - १ । माेटरसाइकल वा स्कुटर हराउन सक्छ । कतिपयलार्इ माेटरसाइकल वा स्कुटर हरायाे भने के गर्ने थाहा नहुन सक्छ । यदि मोटरसाइकल वा स्कुटर हराएमा वा चोरीभएमा निम्न प्रक्रिया अपनाउन ट्राफिक कार्यालयले सुझाव दिएकाे छ ।
१) कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधन सम्बन्धी बिस्तृत जानकारी टिपाउनुपर्छ वा यस महाशाखाको Exchange Number हरु ०१४२१९६४१, ०१४२२३१०८, ०१४२२७३४८, ०१४२३१४३३ मा वा VSU शाखा सम्पर्क गरी छिटो भन्दा छिटो सूचना दिनुपर्छ ।
२) फोन मार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा,रामशाहपथ काठमाण्डौंमा गई निवेदन दर्ता गराउनुपर्छ।
Traffic Police