ताजा खबर News समाज

प्रचण्डलाई पार्टीबाट आत्म-आलोचनाको माग, आफ्नै पार्टीभित्र ब्यापक असन्तुष्टी

प्रचण्डलाई पार्टीबाट आत्म-आलोचनाको माग, आफ्नै पार्टीभित्र ब्यापक असन्तुष्टी
  Maobadi Kendraसाउन – ३१ । आफ्नै पार्टीबाट नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष प्रचण्डको आलोचना भएको छ । प्रचण्डको आलोचना गर्नेमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल टोपबहादुर रायमाझी र शक्ति बस्नेतलगायत छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रले शुक्रबार बैठक गरेको थियो । पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बैठक माग गरेपछि हेडक्र्वाटर बैठक बोलाएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । बैठकमा श्रेष्ठले सरकारको समर्थन फिर्ता लिने निर्णयलाई गलत बताउँदै निर्णय प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।श्रेष्ठकैजस्तो मत प्रकट गर्नेमा टोबहादुर रायमाझी र शक्ति बस्नेतसमेत छन् । एक नेताले बताएअनुसार श्रेष्ठले केपी ओलीको विदाइ अनिवार्य भएको तर, पार्टीले अहिले अपनाएको प्रक्रिया भने गलत भएको बताए । दुई दलबीच सत्ता हस्तान्तरणको सहमति भएको र एमालेले केही आनाकानी गरे पनि अन्तिममा त्यसमा तयार भएको भन्दै यही गठवन्धनलाई कायम राखेर प्रचण्ड प्रधानमन्त्री बन्ने श्रेष्ठले बैठकमा तर्क गरेका थिए । यो निर्णयले पार्टीलाई कमजोर बनाउने र माओवादी पार्टी घर न घाटको हुन सक्ने भन्दै प्रश्न श्रेष्ठले उठाएका थिए । पार्टी अध्यक्ष प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै उनले आत्मालोचना गर्न बैठकमा नेताहरुले माग गरेका छन् । साथै आफूले फरक मत राख्ने समेत उनले बैठकमा बताएका छन् । श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आफ्नो मत राख्छु । तर, अब पार्टीले लिएको निर्णयलाई कार्यान्वयन गर्न सिंगो पार्टी एकतावद्ध भएर जानुपर्छ ।’ बैठकमा नेता टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले पनि सरकारको समर्थन फिर्ता लिने निर्णयलाई गलत भनेका छन् । अहिलेकै गठवन्धनलाई कायम राखेर भद्र सहमतिअनुसार नै प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने उनीहरुको तर्क छ । माओवादी अध्यक्ष प्रचण्डले भने पार्टी पोलिटब्यूरो र हेडक्र्वाटरले निर्णय गर्ने अधिकार आफूलाई दिएको र त्यही अनुसार आफूले समर्थन फिर्ता लिएको बताएका छन् । लाजिम्पाटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले श्रेष्ठको असन्तुष्टिबारे आफूले अलिअलि थाहा पाएको भन्दै यसबारे पार्टीमा छलफल भइरहेको बताएका छन् ।

Maobadi Kendar Puspakamal Dahal

विशेष