ताजा खबर News स्वास्थ्य

 डा.केसीको पक्षमा सयाैँले गरे सडक प्रर्दशन

 डा.केसीको पक्षमा सयाैँले गरे सडक प्रर्दशन
साउन – १ । डा.गोविन्द केसी अनसन बसिरहेको यस समयमा विवेकशील नेपालीले उनको समर्थन गर्दै माइतीघरबाट र्याली सुरु गरेको छ । डा.केसीले गरेका आठौँ सत्याग्रहमा शनिबार अनसन सुरु भएको सातौँ दिन बितिसक्दा पनि सरकारबाट कुनै प्रतिक्रिया नआएकाले उक्त र्याली सुरु गरिएको हो । Dr Gobinda Supoter विवेकशील नेपालीका अध्यक्ष उज्जवल थापा भन्छन् ‘यो समय भनेको तीन करोड नेपाली जनताको स्वास्थ्य बचाउने समय हो । अहिले कसैले साथ दिएन भने भविष्यमा हाम्रो पुस्ताहरुले धेरै दुःख पाउनेछन् । आफ्नो स्वास्थ्य उपचारको लागि घर नै बेच्नुपर्ने स्थिती आउँन सक्छ । आफ्नो देशमा उचित व्यवस्था नहुनाले उपचारका लागि विदेश जानुपर्ने वातावरण आउन सक्नेछ । यस्तो परिस्थितलाई जोगाउनका लागि म आफ्नो देशका नागरिकका लागि यहाँ उभिएको छु ।’ उनले सबै जनतालाई डा.केसीको साथ दिन आव्हान गर्दै आफ्नो प्रक्रिया अगाडि बढाएका छन् । मोडल तथा अभिनेत्री विनिता बराल पनि ‘हामीले नगरे कसले र अहिले नगरे कहिले’ भन्ने नारा लिएर जुलुसमा सहभागी भएकी थिइन् । उनले डाक्टर केसी पागल हो भने हामी सबै पागल हौँ भनिन् । र्यालीमा स्वास्थ्य क्षेत्रका माफियालाई कारबाहि गर, शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षप बन्द गर भन्ने जस्ता ब्यानर सहित आम जनताले सहभागि जनाएका छन् । पटक पटक अनसन बसाइको माग सम्बोधन गर्ने भनेर पनि माग सम्बोधन नगरेको हुँदा सो र्यालीमा सहभागि भएको कुरा एक मेडिकल विद्यार्थी सुजन हुमगाई बताउँछन् । बानेश्वरभन्दा उता जान नदिन सुरक्षाकर्मीले घेरेका छन् । तर जुलुस भने विस्तारै अघि बढ्दै छ ।

Bibekshil nepali Dr. Gobinda Kc

विशेष