अर्थ ताजा खबर News समाज

डिडिसीका नयाँ उत्पादन बजारमा

डिडिसीका नयाँ उत्पादन बजारमा

ddc-Milk-600x400साउन - १ । झन्डैझन्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान क्रमशः नाफामा उक्लिएको छ । गत वर्ष रु तीन करोड नाफा गरेको सो संस्थानले यस वर्ष दोब्बर नाफा गरेको छ । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो । “नाफामा जानथालेपछि हाम्रो चेहरामा चमक देखिन थालेको छ”–संस्थामा कार्यरत कर्मचारी देवेन्द्र देवले दुग्ध विकास संस्थान(डिडिसी) को ४८ औँ वार्षिकोत्सवको अवसरमा भने । संस्थाले वार्षिकोत्सवको सन्र्दभ पारेर आज दुई प्रकारको नयाँ उत्पादन सार्वजनिक गरेको छ । ‘दूध चिया’ र गाई भैँसीलाई खुवाइने ‘डिडिसी पशुआहार’ दाना सार्वजनिक गरेको हो । किसानलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन वृद्वि गर्न र चियाका पारखीलाई लक्षित गरी सन्तुष्टि दिन उक्त वस्तुको उत्पादन तथा बिक्री वितरण सुरु गरिएको संस्थाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । ‘दूध चिया’ को मूल्य प्रतिलि रु ६० र दानाको मूल्य प्रतिकिलो रु ३३ निर्धारण गरिएको छ । दूधको बिक्री वितरण कार्य दुग्ध विकास संस्थानका विभिन्न निकायबाट र दाना कारखाना मकवानपुर, हेटौँडा नगरपालिका १० मा स्थापना गरिएको छ ।

DDC

विशेष