बाह्रबिसे - तातोपानी सडकखण्डको मर्मत सुरु

साउन - १ । बाह्रबिसे तातोपानी सडकखण्डको मर्मतको काम सुरु गरिएको छ ।
निर्माणधिन भोटेकोसी जलविद्यूत आयोजना र सडक डिभिजन कार्यलयको पहलमा सडक बनाउन थालिएको हो । मध्यभोटेकोसीको सर्तअनुसार बाढीले कटान गरेका चाकुदेखि खोह्राञसम्मको बाटोको मर्मतकार्य भोटेकोशी आयोजनाले जिम्मा लिएको छ । बाँकी बाटो सडक डिभिजन कार्यालयले बनाउने छ ।
मध्यभोटेकोसी जलविद्यूत कम्पनीले तीनवटा इस्काभेटर प्रयोग गरेर चाकुबाट आयोजना वरिपरीका संरचनाहरुमा मर्मत सुरु गरेको छ । वैकल्पिक सडक बनाउन कम्तिमा सात दिन लाग्ने बताइएको छ । सडक डिभिजन कार्यलयले बाह्रबिसे देखि २६ किलोमिटर दुरी रहेको तातोपानी सीमासम्म बाटो बनाउने जनाएको छ ।
Bharbishe Tatopani
Road
