News समाज स्वास्थ्य

आफ्नै कार्यलयमा आत्महत्या

आफ्नै कार्यलयमा आत्महत्या
Suicide31 साउन - १ । आफु कार्यरत पोलिक्लिनिकमै झुन्डिएर एक स्वास्थ्यकर्मीले आत्महत्या गरेकी छिन् । हत्याको आंशकामा प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको बालकुमारीस्थित क्रिष्ट पोलिक्लिनिक मेडिकल हलमा काम गर्ने २५ कि अनमि निमा डोल्मा लामा गत २७ गते बेलुका आत्महत्या गरेकी हुन् । मेडिकल हलको दोस्रो तलाको कोठाको पंखाको हुकमा सलको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । झुन्डि रहेको अवस्थामा उनलाई भेटेपछि सोही मेडिकल हलमा काम गर्ने उमेश साहले सलको पासो काटि उपचारको लागी टिचिङ्ग अस्पताल लैजाने क्रममा राती पौने १२ बजे बाटोमै उनको मृत्यु भएको हो । उनै साह लामाको प्रेमि भएको खुलेको छ । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले हिरासतमा राखेको छ । मृतकका परिवारले हत्या गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि साहलाई थुनामा राखी कारबाही अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले बताए । प्रारम्भिक अनुसन्धानमा लामाले आत्महत्या नै गरेको जस्तो देखिएको छ । शाहले ढोका लात्ताले हानेर फुटाएका थिए । प्रहरीलाई खबर नगरी उनले अस्पताल लैजान खोज्दा उनीमाथि शंका बढेको हो । फार्मेसी पढ्दै गरेका शाहले आफु निर्दोष रहेको दाबी गरेका छन् । ‘अफिसमा एक्लै बस्न डराउछु भनेपछि म पनि बसेको हुँ, उनले भनेका छन्,‘उ माथिल्लो तलामा सुतेकी थिइन्, म तल्लो तलामा सुतेको हुँ ।’ कार्यालयमै ढिला हुँदा उनीहरु कहिलेकाही कार्यालयमै सुत्ने गरेको प्रहरीले जनाएको छ । पोलिक्लिनिक शाहकै आफन्त देव कुमार शाहको हो ।आत्महत्या पछाडीको एउटा उनी नै भएकाले प्रहरीले शाहमाथि पनि कर्तव्य ज्यान मुद्दा चलाउन लागेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने ललितपुर परिसरका डिएसपी कार्कीले बताए ।

health clinic love sucide

विशेष