ताजा खबर News

खतराको सूचीमा पर्नबाट जोगियो कामठमाण्डौ उपत्यका

खतराको सूचीमा पर्नबाट जोगियो कामठमाण्डौ उपत्यका
ktmसाउन – १ । जुलाई १० देखि टर्कीको स्थानबुलमा भइरहेको विश्व सम्पदा समितिको बैठकमा काठमाडौं उपत्यकाको बारेमा चर्चा चले पनि खतराको सूचीमा पर्नबाट भने जोगिएका छ । बिश्व सम्पदा संरक्षण महासन्धि सन् १९७२ अन्तर्गत काठमाडौं उपत्यका सन् १९७९ मा सुचिकृत भएको थियो । महासन्धि अनुसार बिश्वब्यापी उच्चस्तरको मूल्य कायम हुन नसकेमा कुनै पनि सम्पदा खतराको सुचिमा जान सक्ने डर हुन्छ। गत बर्ष गएको विनाशकारी भूकम्पका कारण धरहरा नष्ट हुनु, पुराना दरबारहरु भत्कनु, उपत्यकामा रहेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा ठुलो क्षति पुगेका कारण खतराको सूचीमा पर्ने डर रहेको थियो । संयुक्त राष्ट्रसंघीय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) अन्तर्गत विश्व सम्पदा समितिमा २१ वटा राष्ट्रहरु रहेका छन् । नेपाल भने समितिमा नरहे पनि युनेस्को अन्तर्गतको पक्ष राष्ट्र भएका कारण छलफलमा सहभागी बन्यो । विश्व सम्पदा सूचीको सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौं उपत्यका र गौतम बुद्दको जन्मस्थल लुम्बिनी क्षेत्र यस्तै प्राकृतिक सम्पदाको अन्तर्गत भने सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सुचिकृत छन् । स्थानबुलको जारी बिश्व सम्पदा समितिको बैठकमा नेपाल सरकार संस्कृति मन्त्रालयका सचिव प्रेम राईको नेतृत्वमा पुरातात्विक बिभाग महानिर्देशक भेष नारायण दाहाल, लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तामाङ्, लुम्बिनी बिकास कोषका बरिष्ट अधिकृत ज्ञानिन राई, फ्रान्सस्थित नेपाली राजदूत अम्बिका देबी लुइटेल, दूतावासका उपनियोग प्रमुख रामबाबु ढकाल लगायत पुरातात्विक विभागका बिज्ञहरु सहभागी भए ।

kathmandu

विशेष