ताजा खबर News स्वास्थ्य

‘चिकित्सा विश्वविद्यालय स्थापना भए मेडिकल क्षेत्रका सबै समस्या समाधान हुन्छ’ : डा. रिजाल

‘चिकित्सा विश्वविद्यालय स्थापना भए मेडिकल क्षेत्रका सबै समस्या समाधान हुन्छ’ : डा. रिजाल
reporsts of club साउन १ । विभिन्न चार बुँदे माग राखि अनशनमा बसेका डा. गोविन्द केसीका मागवारे बरिष्ठ चिकित्सकहरुको मत बाझिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यकर्मीहरु यतिवेला कसै न कसैको ईशारा र कुचक्रमा फसेर विभाजित भएको आरोप लगाएका छन् । उनले भने,‘हामी कसको ईशारामा आज चल्दैछौं, मलाई आश्चर्य लागेको छ ।’ मेडिकल मुद्दामा डा. केसी अडिग रहेको उल्लेख गर्दै रिजालले भने,‘अख्तियारको मुद्दा उठाउनै नपर्ने मुद्दा हो, तर पनि यसबारेमा मेरो भन्नु केही छैन, म कसैको विरुद्धमा बोल्ने पक्षमा छैन ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै तह र तप्काका व्यक्तिहरु र सम्बन्धित निकायहरुले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘‘मेरो गोरुको बाह्र टक्का कसैले पनि गर्नुहुँदैन, आखिर घाटा हामीलाई नै हुन्छ, यही गति हो भने नेपालको मेडिकल क्षेत्र ध्वस्त हुन्छ,’’ उनले थपे । नेपालमा मेडिकल कलेज बन्द हुँदा मुलुकमा अर्वोंको क्षति हुने समेत उनको गुनासो छ । उनले भने,‘अर्वौं पैसा बाहिर जाँदैछ, गरिव नेपाली विद्यार्थीहरुको ढाड सेकिँदैछ, क्वालिटि शिक्षाको कुरा आउँछ, यसरी हामी सबैले छातीमा राखेर सोचौं कि के गर्दा मुलुक र जनताको हितमा हुन्छ भनेर ।’ मनमोहन अधिकारी नेपाल र नेपाली जनताका लागि सम्मानित व्यक्तित्व भएकाले उनको नाममा मनमोहन मेडिकल चिकित्सा विश्वविद्यालयको स्थापना गर्दा राम्रो हुने उनको तर्क छ ।

Bhola Rijal Dr. Bhola RIjal reports club

विशेष