सभामुखको निष्पक्षतामाथि नै पश्नः ज्ञवाली
काठमाडौं, श्रावण १ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको बताएका छन् । प्रेस चौतारी नेपालले गरेको अन्र्तक्रियामा सचिव ज्ञवालीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको बताए ।
मुलुकलाई सङ्क्रमणकालतर्फ धकेल्न सरकार परिवर्तन गर्न कांग्रेस र माओवादी केन्द्र लागेको भन्दै उनले भने, भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको प्रतिवाद र चीनसंग सम्बन्धजस्ता राम्रा काम देखेर सरकार ढाल्ने खेलमा लागेका छन् । एमाले सचिव ज्ञवालीले संसदमा विचाराधीन बजेटका विधेयकलाई छाडेर सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउनु गम्भीर गल्ती भएको टिप्पणी गरे । ‘सभामुखले गम्भीर गल्ती गर्न थाल्नुभएको छ । उहांको निष्पक्षतामाथि प्रश्न उठेको छ’
Pradeep Gyawali