ताजा खबर विदेश News

प्रजातन्त्र रक्षाका लागि हज्जारौ टर्कीस नागरिक सडकमा

प्रजातन्त्र रक्षाका लागि हज्जारौ टर्कीस नागरिक सडकमा

Turky

साउन २ । टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । इस्थानबुलसहित देशका मुख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कुमा संलग्नलाई फासीको सजाय दिन माग गरेका छन् । सेनाको समूहले गरेको कुको प्रयास २४ घण्टा भित्र असफल भएको हो ।

tu

संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षका धर्म गुरु फतहुल्लाह गुलेन कु गराउन संलग्न रहेको भन्दै उहाँ विरुद्ध कारबाही गर्न माग गरेका छन् । अमेरिकाले धर्मगुरु गुलेन विरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ । धर्मगुरु गुलेनले भने कु मा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको बताउँदै आएका छन् ।

Turkey

विशेष