अपराध सुरक्षा ताजा खबर विदेश News समाज

आफ्नै दाजुद्वारा मोडल बहिनीको हत्या

आफ्नै दाजुद्वारा मोडल बहिनीको हत्या

model साउन २ । पाकिस्तानको पञ्जाब प्रान्तमा सामाजिक सञ्जालमा लोकप्रिय एकजना विवादास्पद मोडलको हत्या भएको छ । आफ्नै दाजुले परिवारलाई कलंकबाट बचाउन भन्दै घाँटी थिचेर मारेको प्रहरीको आशंका छ । छब्बीस वर्षीया कन्दील बलोचले आफ्ना विवादास्पद तस्विर सामाजिक सञ्जालमा राख्ने गर्दथिन् । परिवालाई कलंकित बनाएको आरोपमा पाकिस्तानमा वर्षेनी सयौं महिलाको हत्या भईरहन्छ ।

कहिले साहसी र कहिले अश्लील देखिने तस्विर, भिडियो र अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका कारण मोडल बलोच घरघरमा परिचित थिईन् । दाजुसंग वादविवाद भएपछि उनलाई शुक्रबार राति घाँटी थिचेर मारिएको बलोचका बाबुआमाले द एक्स्प्रेस ट्रिब्युन समाचारपत्रलाई बताएका छन् ।

Pakistan Pakistan Model

विशेष