अपराध सुरक्षा अर्थ ताजा खबर News

घुस्याहा इन्जिनियर, पक्राउ परेपछि जागिरको भिख मागे

घुस्याहा इन्जिनियर, पक्राउ परेपछि जागिरको भिख मागे

Ghus

असार २ । राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादव दुई लाख ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका डिएसपी चित्रबहादुर गुरुङ नेतृत्वको टोलीले यादवलाई शुक्रबार दिउँसो रंगेहात पक्राउ गरेको हो । डिप बोरिङ र विद्युत् ट्रान्सफरमर निर्माणका लागि ठेकेदारसँग घुस लिँदै गर्दा निर्माणस्थलबाटै यादवलाई पक्राउ गरेको अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनले भने, ‘घुस लिइरहेको सूचनाका आधारमा यादवलाई रंगेहात पक्राउ गर्न सफल भएका छौँ ।’ सीताराम निर्माण सेवासँग प्राविधिक अधिकृत यादवले घुस मागेका थिए ।

सीताराम निर्माण कम्पनीले १८ लाखमा ट्रान्सफरमर र डिप बोरिङको ठेक्का लिएको थियो । यादवले ट्रान्सफरमर खरिदमा समेत आफूले भनेको कम्पनीको सामान किन्न ठेकेदारलाई दबाब दिएका थिए । घुसमा रातभर भयो बार्र्गेिनङ बिहीबार राति घुसका सम्बन्धमा ठेकेदार र यादवबीच डिलिङ भएको थियो । ट्रान्सबेल्ट कम्पनीको ट्रान्सफरमर किन्न यादवले दबाब दिएको ठेकेदारको आरोप छ । निर्माण कार्य राम्रो नभएको भन्दै पैसा नदिएमा मूल्यांकन पास नगर्ने र बिलसमेत भुक्तानी नदिने भन्दै लामो समयदेखि अधिकृत यादवले आलटाल गरिरहेका थिए । ‘जडान गरेको सामान खोलेर लिएर जाऊ, म पास गर्दिनँ’ भन्दै यादवले काम सकिएको मूल्यांकन नै नगरिदिएको ठेकेदारले बताए ।

अन्तिममा दुई लाख ५० हजार रुपैयाँ दिएमा निर्माण अवधि थप गरिदिने सहमतिपछि प्राविधिक अधिकृत यादव बिहीबार मात्रै खजुरा आइपुगेका थिए । म निर्दोष छु, यादव पक्राउ परेका प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवले आफू निर्दोष भएको बताए । उनले आफूलाई फसाइएको दाबी गरे । ‘म निर्दोष छु, मलाई फसाइयो,’ यादवले रुँदै भने । भाग्न खोज्दा हिलोमा पछारिए अख्तियारको टोलीले पक्राउ गर्न खोज्दा यादव भागेका थिए । तर, उनी हिलोमा पछारिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेपछि उनी डाको छाडेर रोएका थिए । नयाँ पत्रिका

Ghus

विशेष