ताजा खबर News समाज

भाग्यमानी नेपाली चेली जो ओबामाको सल्लाहकारमा नियुक्त हुन पाइन्

भाग्यमानी नेपाली चेली जो ओबामाको सल्लाहकारमा नियुक्त हुन पाइन्

संजिता प्रधान नेपाली चेली अहिले उनको चर्चा सर्वत्र रहेको छ । उनको पुख्यौंली घर कोशी अञ्चल, जिल्ला संखुवासभा चैनपुर घर हो । उनले सुनसरी जिल्लाको धरानको बिजयपुर उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी हुन् । वाशिंगटन डिसी, एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी नेपाली मुलकी नेपालकी छोरी सञ्जिता प्रधानको चर्चा अहिले सवत्र सुनिरहेको छ । कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन पाएकोमा आफूलाई हर्ष लागेको उनले बताइन ।

अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ भन्दै आफू यो पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक हो उनले भनिन् । राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गरेका थिए । त्यो १९ जनामा आफू पनि परेको हु उनले भनिन् । नियुक्त भएका सबै जना कोही स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोही लामो समयदेखि समाज सेवामा समर्पित रहेका समाज सेवी पनि छन् । आफू धेरै बर्षसम्म भुटानी पुर्नस्थापनमा काम गरेको र यस्को बिज्ञको त्यो समितिमा आफू सबै भन्दा कनिष्ठ भएकोले आफूलाई यसमा उहाँहरुले नियुक्त गर्नु भएको हो उनले भनिन् ।

आफ्नो परिवारको समर्थन र सहयोग नभएको भए यहाँसम्म पुग्ने थिइन् भन्दै परिवारप्रति आभार प्रकट संचार माध्यमबाट दिन चाहन्छु भनिन् । जुन पदमा मलाई नियुक्त गरिएको छ,त्यो आयोगको बैठक सुरु भै सकेको उनले बताईन् । आफु सहभागी हुदा नौलो नलागेको बताउदै आफुले राज्यस्तरमा यसरि नै काम गर्ने गरेको बताईन ।

एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति भएको हो । मेरो काम अमेरिकामा भएका सबै एसियन समुदायसंग काम गर्ने हो, उनले भनिन् । आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नयाँ नियुक्तिको काममा सहज र सरल रुपमा जिम्मेबार निभाई रहेको बताईन्। यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्धा, टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत )स्वास्थ्य, बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा म नेपाली समुदायसंग काम गर्न चाहेको बताइन् ।

sanjita pradhan

विशेष