अर्थ ताजा खबर News समाज

संघिय गठबन्धनले ३९ दिने अनसनमा १० लाख सक्यो

संघिय गठबन्धनले ३९ दिने अनसनमा १० लाख सक्यो

Madhesi Morcha Ansan काठमाडौं २ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धले खुलामञ्चमा आयोजना गरेको ३९ दिने रिले अनशनमा १० लाख रुपैयाँ खर्च भएको देखिएको छ । शुक्रबार सकिएको रिले अनशनको हिसाबकिताब गर्न भने बाँकी रहेको गठबन्धका नेताले बताएका छन् । गठबन्धनको आन्दोलन व्यवस्थापनमा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले अनशनका क्रममा आठदेखि १० लाखसम्म खर्च भएको हुन सक्ने बताएको छ । ‘सानातिनाका अतिरिक्त मुख्य खर्च टेन्ट र साउन्ड सर्भिसमा रहृयो’ उनले भने टेन्टमा दैनिक १० हजार र साउन्ड सर्भिसमा ७ हजार खर्च भएको देखिन्छ ।

अनशनको खर्च गठबन्धमा सहभागी दलबाट संकलन गर्ने समझदारी भएको थियो । प्रत्येक दलले २५ हजार दिनुपर्ने र त्यसका प्रति सांंसद २५ हजार नै सहयोग गर्नुपर्ने निर्णय गरिएको झाले सुनाए । कारोबार दैनिक

Morcha

विशेष