ताजा खबर News

दाम्लो चुंडाएर हिडेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि व्यंग्य कसे

दाम्लो चुंडाएर हिडेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि व्यंग्य कसे

Prachanda-kp-oli

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सायदै कहिल्यै प्रचण्ड भने । ओलीले भेटमा समेत दाहालजी भनेर बोलाउंथे, अघिपछि पुष्ककमल दाहाल भन्थे । आफुलाई प्रधानमन्त्री बनाउन सघांएपछि उनले प्रचण्ड नाम लिन थाले । अविश्वासको मत दर्ता गराएपछि पनि उनले प्रचण्ड नै भनिरहेका छन् । ओलीले प्रचण्डका बारेमा टिप्पणी गर्न नचाहेको प्रष्ट गरेका छन् ।

शनिबार नेपाल टेलिभिजनबाट प्रशारित सिधा कुरा प्रधानमन्त्रीसँगमा बोल्दै ओलीले नरम शैलीमा प्रचण्डलाई प्रहार गरे । प्रधानमन्त्री बन्नुपूर्व प्रचण्डका कडा आलोचक ओलीले उनीप्रति शब्द क्षेप्यास्त्र नै हान्थे । सो कार्यक्रममा उनले प्रचण्डलाई झुलजस्तै कहिले कता कहिले कता हुत्तिने व्यक्तिको संज्ञा दिए । उनले भने, 'प्रचण्डजीका बारेमा मैले धेरै टिप्पणी गर्नु छैन' । हिन्दी भनाइलाई झुलकी तरह यिस पार कभि उसपार उदृत गर्दै ओलीले प्रचण्डको अस्थिर स्वभाव रहेको जनाए । प्रचण्डलाई कसैले प्रधानमन्त्री बनाइदिन्छु भनेकै भरमा सत्ता समीकरण टुटेको ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, 'उहांलाई कसैले प्रधानमन्त्री बनाइदिन्छु भन्यो, उहां दाम्लो चुंडाएर हिड्नुभयो । सरकारले गरेका राम्रा कामको समेत अपनत्व लिन तयार हुनुभएन । यसको अर्थ जनताले बुझेका छन् । मैले भनिरहनै पर्दैन ।'

भावुक मुद्रामा टेलिभिजन पर्दामा देखिएका ओलीले मार्मिक कुरा गरेका थिए । उनले आफुले नाफाको जिन्दगी जिइरहेकाले कुनै पदीय आशक्ति नरहेको दोहोर्याए । मृगौला प्रत्यारोपण गरेर बाँचेको सन्दर्भलाई संकेत गर्दै पूरै जीबन देशका लागि सर्मपित गर्ने अठोट व्यक्त गरे । आफुलाई किसान, मजदुर, नयाँ पिढीं सबैले साथ दिएको र देशप्रति थप ऋणी बनाएको भन्दै उनी भावुक भए ।

आफ्नो कार्यकालमा देशभक्तिको भावना जागृत भएको जनाउंदै प्रधानमन्त्री ओलीले देशको स्वाभिमान खस्न नदिन आफु कटिबद्ध भएर लाग्ने वाचा गरे । सहमतिको बाधक बन्दिन प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि संवैधानिक अड्चन रहेको भएपनि व्यवधान हटाउन आफु सहयोगी बन्ने प्रष्ट गरे । उनले भने, 'काँग्रेस माओवादी मिल्दैमा संविधानमा जे सुकै होस् भनेर हुँदैन। ब्यवधान हटाउन पर्छ । मैले संविधान मान्ने हो । कसैको निर्देशन मान्ने होइन । सहमतिका लागि म तयार छु । तर, शैली परिवर्तन गर्नुपर्छ ।'

प्रधानमन्त्री ओलीले आबेगमा देश चल्न नसक्ने जनाउंदै हलो अड्काउने र गोरु पड्काउने काम नगर्न काँग्रेस र माओवादीसँग आग्रह गरेका छन् । माओवादीले सम्हालेका मन्त्रालयका कारण सरकारले गुनासा भोग्नुपरेको उनको भनाइ थियो ।

damlo chudayera KP Oli nepal politics PM Kp oli

विशेष