ताजा खबर News

कास्मिरमा संचारमाध्यमलाई प्रतिबन्ध

कास्मिरमा संचारमाध्यमलाई प्रतिबन्ध

kasmir-danga-1

साउन २ । भारत प्रशासित काश्मिरमा त्यहाँका अधिकारीहरुले जारी हिंसालाई बाहना बनाएर संचारमाध्यममाथि नियन्त्रण गर्न थालेका छन् । सुरक्षा संवेदनशिलताको कारण देखाउँदै अखबार तथा केबल टेलिभिजन बन्द गरिएका छन् । समाचारको स्वतन्त्र संकलन, पत्रपत्रिकाको प्रकाशन र वितरणमा समेत स्थानीय प्रशासन तथा सुरक्षा फौजले रोक लगाएका छन् ।

काश्मिरमा केही दिनदेखि जारी तनाव जटिल बन्दै गएपछि त्यसको निसाना मा मिडिया परेको हो । बिद्रोही संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि यहाँको तनावले हिंसात्मक रुप लिएको हो। हिंसात्मक प्रदर्शन र झडपमा ३० जनाले ज्यान गुमाइसकेक छन् । संचार माध्यममाथि गरिएको आक्रमण र प्रतिबन्धको संचारकर्मीहरुले विरोध गरेका छन्। उनीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

Kasmir

विशेष