ताजा खबर News

पौडेलद्वारा देउवालाई चेतावनी

पौडेलद्वारा देउवालाई चेतावनी
Ram Chandra Paudel (NC leader)

साउन–२, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ । सरकार गठन जस्तो महत्वपूर्ण विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने पौडेल पक्षको माग छ ।

उनीहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श लिएर मात्र पार्टीको महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । सबै पक्षको परामर्श लिएर पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभागहरु गठन गर्न पनि उनीहरुले देउवालाई सुझाव दिएका छन् ।देउवासँगको भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयीक राजनीतिक विषयमा छलफल भएको छ ।

वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. रामशरण महत सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।

Ramchandra poudel

विशेष