शशाकं कोईरालाको स्वास्थ्यमा सुधार
साउन २ कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधवार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । र,चौध दिनको एन्टीबायोटिक्स्को कोर्स पुरा हुनासाथ उनलाई डिस्जार्च गरिने अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालले बताए अनुसार डा. कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । र, उनी आफैं खान बस्न सक्ने भएका छन् । उनको मुखबाट अक्सिजनको मास्क समेत हटाइएको छ । उनी एकजना सहयोगीको साथमा आफैं बाथरुम जान सक्ने भएका छन् । उनलाई डाक्टरहरुको प्रत्यक्ष निगरानीमा ओम अस्पतालको प्राइभेट क्याविनमा राखिएको छ ।
उनको कक्षमा हालसम्म पनि बाहिरका मानिसलाई त्यतिधेरै आउजाउ गर्न दिइएको छैन । राजनिति उथलपुहलका बेला उहाँको स्वास्थ्यमा असर नपरोस् तथा उहाँलाई तनाव नहोस् भन्नाका लागि परिवारको सहमतिमा नै बाहिरका मानिसलाई भेट्न दिइएको छैन ।
निमोनियाका कारण डा. कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या आएपछि करिब दुई साता अघि (असार २४ गते मंगलबार) ओम अस्पतालान भर्ना गरिएको थियो । उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो ।
om health care centre
sashank koirala