ताजा खबर News

बाढी पीडितलाई राहत दिन सिन्धुपाल्चोकवासीको माग

बाढी पीडितलाई राहत दिन सिन्धुपाल्चोकवासीको माग
bhote-koshi-6 भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित स्थानीयवासीलाई राहत उपलब्ध गराई पुर्नवासको व्यवस्था गर्न सिन्धुपाल्चोकवासीले माग गरेका छन् । सिन्धुपाल्चोकबाट काठमाडौ आई विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले आइतबार काठमाडौमा एक कार्यक्रम गरी भोटेकोशी आसपासका पाँच वटा गाविसका जनता बाढीका कारण विचल्लीमा परेको भन्दै उनीहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न माग गरेका हुन् । उनीहरुले बाढीले गाँस र बास बगाएपछि त्यस क्षेत्रका बासिन्दा भोकभोकै बस्न बाध्य भएको भन्दै पीडितहरुलाई खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उपलब्ध गराइनुपर्ने माग गरेका हुन् । उनीहरुले बाढी प्रभावित स्थानीयवासीको राहत र पुनर्वासमा एकजुट हुन राजनीतिक दलहरुसँग आग्रह गरे । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने केही सांसदको समेत उपस्थिति थियो । कार्यक्रमका सहभागीहरुले तातोपानी नाका खुलाउनका लागि पनि माग गरेका छन् ।

Bhote koshi Nepali Samsad Pidit sindhupalcho

विशेष