ताजा खबर News

विप्लब माओबादीले ‘जस्तालाई तस्तै गर्ने ’

विप्लब माओबादीले ‘जस्तालाई तस्तै गर्ने ’
Netra-Bikram-Chand-Biplav सर्लाहीको सुकुम्बासीहरुलाई सरकारले ज्यादती गरेको भन्दै विप्लब माओबादीले आज सर्लाहीमा चक्का जाम आवह्वान गरेको थियो । त्यस कार्यक्रममा प्रहरीले ५५ जना विप्लब माओबादी कार्यकर्तालाई पक्राउ गरेको छ । विप्लब माओबादीका नेता कृष्ण अधिकारी भन्छन ‘ हामीलाई कार्यक्रममा प्रहरीले अनाआवश्यक ज्यादती ग¥यो । सरकारले हाम्रो पार्टीलाई धेरै नै दमन गरेको छ । राज्य बाट यस्तै व्यवहार हुदै गयो भने जे पनि हुन सक्छ । हामी आन्दोलन अगाडी बढाउन व्यापक छलफल गर्दैछौ । हामी असार ३ गते छलफल गरेर ५ गते देशब्यापी जनपर्दशन गर्छौ । राज्यको दमनको विरोध जनाउछौ । यही साउन १० गते हामीले नेपाल बन्दको घोषणा गरिसकेका छौ । आज सर्लाहीमा हाम्रा केही कार्यकर्ता घाईते भए, केही पक्राउ परे । आज हामी भरे सम्म सबैलाई छुटाउछौ । हामी जुनसुकै परिस्थितिमा पनि लडिरहन्छौ । राज्यले हामीलाई जस्तो व्यवहार गर्छ हामी त्यस्तै कार्यक्रम तय गर्छौ । ( विप्लब माओबादीका नेता कृष्ण अधिकारीसगं गरिएको टेलिफोन कुराकानीमा आधारित )

biplab maobadhii chakkagam krishana adhikari

विशेष