ताजा खबर News

जहाँ नागरीकता कै लागि १० हजार खर्चिन्छ

जहाँ नागरीकता कै लागि १० हजार खर्चिन्छ
  citizionship काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारिका बासिन्दा नागरिकता बनाउनकै लागि रु १० हजारसम्म खर्च गरेर धुलिखेलसम्म आउन बाध्य भएका छन् । डाडापारिको गाँउलाई लक्षित गरी घर्तीछाप गाविसमा ईलाका प्रशासन कार्यालय स्थापना गरेको छ तर अधिकृतलाई खटाए पनि गाँउ जान नमान्दा स्थानियले सास्ति खेप्नुपरेको छ । नागरिकता बनाउन जादाँ सदरमुकाम धुलिखेलसम्म पुग्दा रु १० हजारसम्म खर्च लाग्ने गरेका स्थानियको दुखेसो छ । गाउँबाट दुई दिनसम्म हिँडेर नागरिकता बनाउनुपर्ने बाध्यता रहेको छ । घर्तीछाप गाविसका एक स्थानियले सदरमुकामसम्म जाने रकम कै अभावमा डाँडापारिका धेरै स्थानीयवासीले नागरिकता नै नबनाएको जनाएका छन् । आर्थिक अवस्था कमजोर र सडकको पूर्वाधार समेत नपुगेका घर्तीछाप, बनखुचौर, फोक्सिङटार, गोकुले, बुढाखानी, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ र मिल्चे गाविसका स्थानीय सरकारी सेवा सुविधा लिन कै लागि ठूलो आर्थिक नोक्सानी व्यहोरेर धुलिखेल आउने गर्दछन् ।

dhulikhel kavrepalanchok officer kavre

विशेष