ताजा खबर News

मुगुमा बाढीले बगाएर युवक बेपत्ता

मुगुमा बाढीले बगाएर युवक बेपत्ता
verde-river-green-canyon साउन २, विगत केहि दिनदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले बगाएर मुगुको पूर्वी गाविस माग्रीमा १ जना बेपत्ता भएका छन् । बाढीले थुप्रै पशुचौपाया बगाएको छ  । भीषण बर्षापछि माग्रीको चिमाथ खोलामा आएको बाढीले स्थानीय १७ बर्षीय पुष्कर भाम को मृत्यु भएको छ भने १८० भन्दा बढी भेडाहरु बेपत्ता भएको स्थानियले जानकारी दिएका छन् । बर्षाले माग्रीका विभिन्न खहरे खोलाहरुमा एक्कासी भेल बढेपछि मानिस लगायत पशुचौपायलाई समेत असर गरेको हो । बाढीले खोला किनारका घरहरुमासमेत क्षति पुर्याएको छ । खोलाले काठेपुलहरु बगाउँदा एक अर्को गाँउमा सम्पर्क बिच्छेद भएको समाचार आएको छ । चिमाथ खोलाको बाढीले कर्णाली नदीमा पानीको सहत बढ्दा छाइल बजारका ३ घर बगाएको छ भने सिंगो बजार कटानको जोखिममा रहेका छन् ।

Accident of nepal mugu mugu youth

विशेष