ताजा खबर News स्वास्थ्य

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
gobinda-kc-nepalaaja-teaching-hospital शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । अनशनको आठौं दिनसम्म आइपुग्दा डा. केसीलाई टाउको र छाती दुख्ने, हातखुट्टाका मांसपेशी बाउडिने समस्या देखापरेको  अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार डा. केसीमा ब्लड सुगर न्युन देखिएको छ । ब्लडमा सुगरको मात्रा कम हुँदा बेहोस हुनसक्ने जोखिम हुन्छ । यसैगरी डा. केसीको रगतमा सेता रक्त कोषको मात्रा पनि घट्दै गएको छ । सेता रक्त कोषको मात्रा घट्दा रोग प्रतिरोध क्षमता हस भई संक्रमणको सम्भावना बढी हुन्छ ।  केसीको स्वास्थ्यमा बिस्तारै गिरावट आउदै गरेकाले जोखिम बढ्दै गएको  छ ।

danger health of kc ansan doctor kc ansan hospitall lokman singh klarkii Nepal aaja

विशेष