मनोरञ्जन News

रेकर्ड तोड्दै रजनीकान्त

रेकर्ड तोड्दै रजनीकान्त
kawalii rajnikant बलीउड चर्चित अभिनेता रजनीकान्तको प्रर्दशन उन्मुख चलचित्र ‘कबाली’ले रिलीज भन्दा पहिले नै रेर्कड बनाउन सुरु गरेको छ । रजनीकान्तका अमेरीकामा रहेका फ्यानले टिकट प्रि बुकिंग गर्न थालेपछि २ घण्टा भित्रमा नै टिकट सकिएको भारतीइ मिडियाले उल्लेख गरेका छन् । २२ जुलाईमा रिलीजको तयारीमा रहेको फिल्म यस वर्षको बहुप्रतिक्षित फिल्म हो । जुन फिल्म रजनीकान्तको ४० वर्षे करियरमा उनको १५९ औँ फिल्म हो ।रजनीकान्तको यो फिल्म अमेरीकामा मात्रै ४ सय बढी स्क्रिनमा देखाउने तयारी गरिएको छ भने विश्वभर एकैसाथ रिलिजको तयारी गरिएको छ । जसलाई अमेरीकामा सिनेग्यालेक्सी नामक कम्पनीले वितरणको जिम्मा लिएको छ ।

kawali rajnikant

विशेष