ताजा खबर News

ओलीलाई हटाउन संविधान संसोधन गर्नुपर्नेः कानुनविद्

ओलीलाई हटाउन संविधान संसोधन गर्नुपर्नेः कानुनविद्

kanunbid.jpg-large

काठमाडौं, असार २ । नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्ग प्रशस्त गर्न कंग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानूनविद्हरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री ओलीको आग्रहमा वालुवाटार पुगेका कानूनविद्हरुले नयाँ सरकार गठन गर्न संवैधानिक अड्चन नरहेको तर धारा २९८ अनुसार प्रधानमन्त्री चयनका लागि संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएका संविधानविद् टीकाराम भट्टराईले भन्नुभयो– ‘हामी सबैको मत भनेको संविधानको धारा २९८ अनुसार प्रधानमन्त्री चयनका लागि संविधान संसोधन गर्न सकिनेछ भन्नेमा रह्यो ।’ त्यस्तै भट्टराईले धारा २ सय ९८ मा देखिएको अड्चन हटाउन बाधा फुकाउ र संसदबाट साझा प्रस्ताव पारित गर्न सकिने राय समेत दिइएको बताउनुभयो । सो क्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ संविधान निर्माणका लागि आफूले ठूलो मिहिनेत गरेकाले संविधान बाहिर गएर कुनै कदम नचाल्ने बताउनुभएको थियो ।

KP Oli

विशेष