ताजा खबर News

सभामुखको पछिल्लो कदमप्रति बचाउ

सभामुखको पछिल्लो कदमप्रति बचाउ

onsari Gharti

काठमाडौं, असार २ । सभामुख ओनसरी घर्तीले संसदीय नियमावली र विगतको अभ्यासलाई आधार मानेर व्यवस्थापिका संसदको बैठक स्थगित भएको भन्दै आफ्नो निर्णयको बचाउ गर्नुभएको छ । संसद बैठकको कार्यसूचिमा दलहरुवीच सहमति हुन नसकेको पृष्ठभूमिमा अविश्वास प्रस्तावको बिषयलाई साउन ६ गतेको बैठकमा छलफल गर्ने गरी स्थगित गरिएकोमा अनावश्यक टिप्पणी गरेको भन्दै सभामुख घर्तीले आपत्ति जनाएकि हुन् ।

सभामुखका प्रेस सल्लाहकार बबीन शर्माले जारी गरेको प्रेस नोटमा भनिएको छ– ‘सम्मानीय सभामुख स्वतन्त्र रुपमा निर्वाह गर्नुपर्ने आफ्नो पदीय मर्यादा र गरिमाप्रति पूर्णत जानकार र सचेत हुनुहुन्छ ।’ विगतको अभ्यासका आधारमा सभामुख घर्तीले आफ्नो स्वतन्त्र निर्णय गरेको भन्दै भ्रममा नपर्न सल्लाहकार शर्माले आग्रह गर्नुभएको छ । त्यस्तै, सभामुख घर्ती मुलुकमा गम्भीर राजनीतिक समस्या आइपरेका बेला मुख्य दलहरुले आपसी सहमतिका आधारमा समस्या समाधान गर्नुपर्ने पक्षमा रहेको प्रेस नोटमा जनाइएको छ ।

Onsari Savamukh

विशेष