ताजा खबर News

ब्यापक बिरोध पछि प्रचण्डले गरे आत्माआलोचना, मिलेर जाने सहमती

ब्यापक बिरोध पछि प्रचण्डले गरे आत्माआलोचना, मिलेर जाने सहमती
Pushpa-Kamal-Dahal नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यापक विरोध भएपछि हेडक्वाटर बैठकमा आत्मालोचना गरेका छन् । सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा अघि नबढेको भन्दै पार्टीभित्र आलोचना भएपछि प्रचण्डले कमजोरी स्वीकार गरेका हुन् । आइतबारको बैठकमा प्रचण्डले आत्मालोचना गरेसँगै पार्टीभित्रको विवाद अन्त्य भएको छ । आगामी दिनमा संस्थागत निर्णय गरेर अघि बढ्ने प्रचण्डले बैठकमा प्रतिवद्धता जनाएका छन् । आफ्नै निवास लाजिम्पाटमा आइतबार बसेको बैठकमा प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गर्दा पार्टी पद्दतिअनुरुप संस्थागत निर्णय गर्ने कुरामा केही कमी कमजोरी भएको स्वीकार गर्दै आत्मालोचना गरेका हुन् । निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो । तर, यसमा बहस गर्दै जाने र पार्टीको निर्णयलाई एकतावद्ध भएर कार्यान्वयन गर्ने आइतबार सहमति जुटेको नेताहरुले दाबी गरेका छन् ।

conflictt KP Oli Prachanda sarkarr

विशेष