खेल ताजा खबर News

नेपालको लगातार चौथो जीत

नेपालको लगातार चौथो जीत

CnlO7_SWAAAKyGD काठमाडौं, साउन ३ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो । टस जितेर नेपालले निर्धारित ५० ओभरमा तीन सय रन बनाएको थियो । तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा अल आउट हुंदै एक सय १९ रन मात्रै बनाउन सक्यो ।

इस्टबर्नलाई सस्तैमा समेट्न सोमपाल कामीले तीन, बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेपाली टोलीले मात्र तीन विकेट गुमाएर इस्टबर्नसामु तीन सय एक रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका विनोद भन्डारी र राजु रिजाल नट आउट रहेदै क्रमश ७७ र ६० रन बनाए । त्यस्तै ओपनर अनिल मण्डलले ११० बलको सामना गर्दै ७३ रन बनाए ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबले चार वटा अध्यास खेल खेलको छ । अब मंगलबार नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा खेल हुनेछ ।

Nepali Cricket

विशेष