ताजा खबर News

नेता भन्दा वकिल सक्रिय

नेता भन्दा वकिल सक्रिय

dahal-deuba-opmcm-parliament copy

साउन ३  ।  सवै पक्षले कानुन व्यवसायीलाई व्यस्त बनाए शीर्ष नेताहरूले आफ्ना सहकर्मीलाई भन्दा बढी कानुन व्यवसायीलाई सक्रिय पारेका छन् । खासमा संविधान के भन्छ र अब कसरी अघि बढ्न सकिन्छ भनेर नेताहरूले आ–आफ्नो सुविधा हुने गरी कानुन व्यवसायीसँग सल्लाह लिइरहेका छन् । शनिबार देउवा र प्रचण्डले कांग्रेस र माओवादीनिकट मानिने कानुन व्यवसायीसँग परामर्श लिएका थिए ।

आइतबार प्रधानमन्त्री केपी ओलीलाई एमालेनिकट मानिने कानुन व्यवसायीले सल्लाह दिए । दुवै पक्षका नेताले अनौपचारिक रूपमा पनि धेरै कानुन व्यवसायीसँग छलफल गरिरहेका छन् । तर, धेरैजसो कानुन व्यवसायीले नेताकै सुविधालाई मध्यनजर गरेर सल्लाह दिइरहेका छन् । एउटै संविधानको फरक–फरक व्याख्या भइरहेकाले राजनीति अन्योलमा फसेको छ ।

२९८ मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था उपधारा (२) मा संविधान जारी भएको सात दिनभित्र सुरु भएको संसद्को बैठकले थप सात दिनभित्र नयाा प्रधानमन्त्री निर्वाचन गरी नयाा मन्त्रिपरिषद् गठन गर्नेछ भनिएको छ । सो व्यवस्थाअनुसार गत असोज २४ गते केपी ओली देशको प्रधानमन्त्री निर्वाचित भएका हुन् । नयाँ पत्रिका

Deuba Oli Prachanda

विशेष