अपराध सुरक्षा ताजा खबर News

मधेश थारुहट मुक्ति पार्टीको नाममा चन्दा आतंक मच्चाउने पक्राउ

मधेश थारुहट मुक्ति पार्टीको नाममा चन्दा आतंक मच्चाउने पक्राउ

prisoner-jail

साउन ३ । पर्सा जिल्लाको ग्रामिण भेगमा विगत लामो समय देखि मधेश थारुहट मुक्ति पार्टीको नाममा चन्दा आतंक मच्चाएको अभियोगमा पर्सा प्रहरीले आज एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा भूमिगत समूहको नामबाट चन्दा असुली गर्ने विरगंज उपमहानगरपालिका वडा नं. ३० बस्ने ३८ बर्षिय रामाधार राउत यादवलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

प्रहरीले निजको साथबाट मधेश थरुहट मुक्ति पार्टी लेखिएको पर्चा, पम्पलेट, एक थान मोवाईल, चन्दा रसीद समेत बरामद गरेको श्रेष्ठले जानकारी दिए । निजलाई चन्दा आतंक मुद्दामा थप कारवाही अगाडी बढाईएको पर्सा प्रहरीले जनाएको छ ।

Parsa Police Police

विशेष