मनोरञ्जन विदेश

ट्रम्मपको विरोधमा सडकमा नाङगै

ट्रम्मपको विरोधमा सडकमा नाङगै
nude-1 क्लिभल्यान्डका १०० भन्दा बढी महिलाहरूले नांगिएर ऐनासहितको फोटो खिचाएका छन् । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुन नसुहाउने व्यक्ति हुन् भन्ने सन्देश फैलाउनका लागि उनीहरु नागिंएमा हुन । राजनीतिलाई कलासँग जोड्ने र ट्रम्पलाई अयोग्य देखाउने एक फोटोग्राफरको आह्वानलाई स्वीकारेर उनीहरू नांगिएका हुन् । रिपब्लिक पार्टीको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा उनीहरू जम्मा भएका थिए । यो भेलाले न्युयोर्कका छुच्चा धनाढ्य ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नेछ । ‘ट्रम्प बेवकुफ मान्छे हो,’ फोटोग्राफर स्पेन्सर टुनिकले १३० नांगा महिलाको फोटो सूर्योदयका बेलामा खिचेपछि एएफपीलाई बताए । ती १३० मध्ये १०० महिलाको फोटो नोभेम्बर ८ मा हुने राष्ट्रपतीय निर्वाचनअघि सार्वजनिक गरिनेछ । क्लिभल्यान्डमा सार्वजनिक स्थानमा नांगै बस्न नपाइने भएपनि यो नग्न फोटोशूट एक व्यक्तिगत जग्गामा गरिएको हुनाले प्रहरीले हस्तक्षेप गर्न पाएन । टुनिकले यसअघि पनि नग्न युवतीका तस्वीर खिच्ने गरेका छन् । ‘महिला तथा अल्पसंख्यकका विरुद्ध रिपब्लिकन पार्टीले प्रयोग गर्ने घृणास्पद शब्द र तर्कलाई चुनौती दिन मैले यो नग्न फोटोशूट गराएको हुँ,’ टुनिकले भने । फोटोशूटमा भाग लिने एक महिला मापो किन्नोर्डले भनिन्, ‘हामी महिलाहरू पूर्णतः नग्न भएर खुल्लामा आउनुपर्छ र निडर हुनुपर्छ ।’ आफूले कुनै पनि हालतमा ट्रम्पलाई भोट नदिने उनी बताउँछिन् । राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले महिला, मुस्लिम र मेक्सिकनहरूका विरुद्ध आफ्ना भाषणहरूमा विषवमन गर्दै आइरहेका छन् ।

nude nude femele Trump trump birodh

विशेष