ओली सरकार ढाल्न काँग्रेस–माओवादी केन्द्रले ७ बुँदे सम्झौता दिल्लीमा गरेको रावलको खुलासा
काठमाडौं, ३ साउन । उपप्रधान एवम् रक्षामन्त्री÷गृहमन्त्री भीम रावलले काँग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरुले दिल्लीमा बैठक बसेर सरकार ढाल्न षडयन्त्र गरेको बताएका छन् । दिल्ली बैठक अनुसार काँग्रेस र माओवादी केन्द्रकोवीचमा ७ बुँदे सम्झौता भई अविश्वासको प्रस्ताव दर्ता गरिएको उनको आरोप छ ।
एमालेका उपाध्यक्ष समेत रहेका मन्त्री रावल भन्छन ,‘दिल्लीमा पुगेर गोप्य बैठक गर्ने काँग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्, हामी यसको डटेर सामाना गर्छौं ।’
नेकपा एमाले सहमतिको पक्षमा रहेको जिकिर गर्दै वर्तमान सरकार देश र जनताको पक्षमा दृढ रहेकाले सोही अनुरुप निर्णय लिने उनले बताएका छन ।
प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, एमाले, तत्कालिन एमाओवादी र फोरम भएर नै नयाँ संविधानको धारा २९८ मा प्रधानमन्त्री चयनसम्बन्धी स्पष्ट व्यवस्था गरेको मन्त्री रावलले बताए । उनले थपे,‘‘मुलुकमा स्थायित्व नचाहनेहरुले संविधानको मनलाग्दी व्याख्या गर्ने काम गरेका छन्, सहमतिबाट काँग्रेस र माओवादी पछि हटेको कुरा जनतालाई राम्रोसँग थाहा छ, त्यसैले संविधानको धारा २९८ अनुसार बन्नै सक्दैन् ।
आश्रित विधेयक पारित गर्नेवारे प्रधानमन्त्रीसँग छलफल गरेर सभामुखले बैठक तोेकेपनि अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकारलाई थाहै नदिई बैठक स्थगित्वारे सूचना टाँस गरेकोप्रति गुनासो पोख्दै उनले भने,‘सभामुखले नियामावली मिच्न मिल्छ ?, एमालेले यसबारे साउन ६ गते संसदमा जवाफ माँग्छ, त्यसको जवाफ नदिएसम्म एमालेले संसद चल्न दिँदैन् ।’
उनले आँफैले सहमति गरेर नीति तथा कार्यक्रम र बजेट ल्याएको पार्टीले प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेर हाँस्यस्पद काम गरेको टिप्पणी गरे । नेकपा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै सरकारले केही काम गरेन भन्नु लज्जास्पद भएको बताए ।
उनले माओवादीको नेतृत्वमा रहेको मन्त्रालयले नै जनतालाई राहत महशुस हुनेगरि काम नगरेकोबारे प्रधानमन्त्रीले पटक पटक ध्यानाकार्षण गराएको बताउँदै भने,‘प्रधानमन्त्रीले ती मन्त्रीहरुको काम गराईवारे निकै चासो देखाउनुभयो, तर उहाँहरुले केही काम गर्न सक्नुभएन, आज आएर सरकारले केही गरेन भन्न मिल्छ ।’ आफ्नो माताहतको मन्त्रालय चलाउन नसकेर अयोग्यताको विल्ला भिरेकाहरुले सरकारले केही गरेन भन्नु नाजायज भएको उनको टिप्पणी छ ।
bhimrawal
neta