सन्तानेश्वरमा यसरी समर्पित भएपछि कामना कसाे पूरा नहाेला ? हेर्नुहाेस् ११ तस्विर
साउन – ३ । साउनको पहिलो सोमबार धेरै भक्तजनहरुको शिव मन्दिरमा घुइँचो लाग्ने गर्दछ । ललितपूरको बज्रबाराही नगरपालिका स्थित सन्तानेश्वर महादेव मन्दिरमा पनि सोमबार भक्तजनहरुको घुइचो लाग्यो ।
सत्ययुगमा सतीदेवीको माथिल्लो आोठ त्यही स्थानमा पतन भएर सन्तानेश्वर महादेव उत्पत्ति भएको किम्बदन्ती रहेको छ । सन्तान नभएका मानिसहरु यस मन्दिरमा पूजापाठ गर्नाले आफ्नो सन्तान हुने जनविश्वास रहेको छ । स्थानिय सन्तानेश्वर सुधार समितिले त्यहाँको व्यवस्थापन सम्हालेको छ । मन्दिरमा भजन किर्तन गर्ने र नाचगान गर्नेको पनि भिड लाग्ने गर्दछ । साउनको सोमबार बोल बम जाने भक्तजनहरुको त्यहाँ अत्याधिक मात्रामा भिड हुने गर्दछ ।
यस मन्दिरको परिसरबाट काठमाण्डौ उपत्याकालगाएत विभिन्न हिम श्रंखलाहरुको मनोरम दृष्य देखिन्छ ।
प्रस्तुति/फाेटाेः कञ्चन न्याैपाने/नेपाल-अाज
Santaneshwor Mandir